सुनको भाउमा नयाँ रेकर्ड, तोलामा २ लाख ७० हजार ६ सय रुपैयाँ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, १३ पुस । साताको कारोबारको पहिलो दिन आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज छापावाल सुनको मूल्य तोलामा २ लाख ७० हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, चाँदीको मूल्य समेत ४ हजार ८३५ रुपैयाँ कायम भएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६९ हजार ३०० रुपैयाँ थियो भने चाँदीको ४ हजार ५६५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्