काठमाण्डौं, १० पुस । सुनचाँदीको भाउ बिहिबार सामान्य घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँले घटेर तोलाको दुई लाख ६७ हजार पाँच सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई लाख ६८ हजार एक सय रुपैयाँ थियो ।
यस्तै बिहिबार चाँदी तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको चार हजार चार सय रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको चार हजार चार सय २० रुपैयाँ थियो ।











