सुनको भाउ अहिलेसम्मकै उच्च

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, २८ मंसिर । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तोलामा दुई हजार दुई सय रुपैयाँले बढेर तोलाको दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको दुई लाख ५६ हजार ६ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ भने तोलामा ८० रुपैयाँले घटेको छ । आज चाँदी ८० रुपैयाँले घटेर तोलाको तीन हजार आठ सय २५ रुपैयाँमा कारोवार भइरहेको महासङ्घले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्