देशभर मौसम सफा रहने

खबर बुक
  • ख-
  • ख+

काठमाडौँ, २५ मंसिर । अहिले देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाका अनुसार आज बिहानदेशभर मौसम मुख्यतया सफा छ।

दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।

यस्तै, राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्