तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गर्ने सरकारको निर्णय

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, मंसिर २२ । सरकारले २०८१ चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकलाई सहीद घोषणा गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रजकलाई राज्यको तर्फबाट सहीद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिनुभयो ।

बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलव्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ भने जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले चालू आर्थिक बर्षका लागि कृषकले उत्पादन गरेको उखुको न्यूनतम खरिद मुल्य प्रतिक्वीन्टल ६२० रुपैया तोक्दै ७० रुपैया अनुदान कायम गर्ने निर्णय भएको प्रवक्ता खरेलले बताउनुभयो । बैठकले त्यस्तै सहसचिव राजेन्द्र कुमार पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको भने आर्थिक कार्यविधि तथा वित्तिय उतरदायित्व दोश्रो संशोधन नियमावली स्वीकृत गरिएको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्