काठमाण्डौं, २२ मंसिर । सुनको भाउ आज तोलामा सात सय रुपैयाँले बढेको छ ।
आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख ५२ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ भने २० रुपैयाँले घटेको छ । आज चाँदी २० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











