काठमाण्डौं, २१ मंसिर । सुनको भाउ आज तोलामा दुई सय रुपैँयाले घटेको छ । तोलामा दुई सय रुपैयाँ घटेर तोलाको दुई लाख ५२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ भने बढेको छ । आज चाँदी ५० रुपैयाँले बढेर तोलाको तीन हजार छ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











