सुन तोलामा नौ सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौ । सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा नौ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि ७० रुपैयाँले घटेको छ । आज चाँदी ७० रुपैयाँले घटेर तोलाको तीन हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको तीन हजार ६ सय २५ रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्