काठमाण्डौं, १८ मंसिर ।ं नेपाली बजारमा बिहिबार सुनको भाउ तोलामा आठ सय रुपैयाँले घटेको छ । सुन आठ सय रुपैयाँले घटेर तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ पनि ३० रुपैयाँले घटेको छ । आज चाँदी ३० रुपैयाँले घटेर तोलाको तीन हजार ६ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।











