काठमाडौं, मंसिर १५ । सोमबार सेयर बजारको परिसूचक नेप्से ४ अंकले गिरावट आएको छ। योसँगै नेप्से परिसूचक २६४५ अंकमा कायम भएको छ।
साताको पहिलो कारोबार दिन आइतबार नेप्से २६ अंक घटेको थियो। सेयर बजारमा गिरावट आएसँगै कारोबार रकमसमेत घटेको छ। अघिल्लो दिन ७ अर्ब ८ करोडको कारोबार भएकोमा आज जम्मा ४ अर्ब ७१ करोडको सेयर किनबेच भएको हो।
आज कूल १२४ कम्पनीको मूल्य बढ्दा १२६ को घट्यो। ८ कम्पनीको मूल्य स्थिर रह्यो। आज चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ। जसमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक कम्पनी रहेका छन्।
बोटलर्स नेपाल बालाजुको मूल्य सबैभन्दा धेरै ३.९४ प्रतिशतले गिरावट आएको हो।











