सिन्धुलीमा सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु, एक घाइते

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १४ मंसिर । मदन भण्डारी राजमार्गको सिन्धुली जिल्लाको दुधौली नगरपालिका–२ गागनमा आइतबार बिहान यात्रुवाहक बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

पोखराबाट कटारीतर्फ गइरहेको बस र डकाहाबाट झुगातर्फ आइरहेको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक दुधौली नगरपालिका–३ का २५ वर्षीय महेश कुमरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सवेदीले जानकारी दिए ।

दुर्घटनामा कमलामाई नगरपालिका–१४ चन्दनपुरका २५ वर्षका दिपेश कुमर गम्भीर घाइते भएका छन् । उनको दुधौली नगर अस्पतालमा उपचार भइरहेको छ।
फरार रहेका बस चालक उदयपुरको कटारी नगरपालिका–३ का श्यामकुमार भट्टराईको खोजी जारी रहेको प्रहरीले जानकारी दिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्