काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) क्रिकेटअन्तर्गत शुक्रबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दुई महत्वपूर्ण खेलहरू हुँदैछन्।
अंक तालिकाको तेस्रो स्थानमा रहेको चितवन राइनोज आज जित निकाल्दै शीर्ष स्थानको प्रतिस्पर्धा बलियो बनाउन खोज्नेछ। चितवनले अहिलेसम्म ४ अंक बटुलेको छ।
उता काठमाण्डू गोर्खाज २ अंकमै सीमित छ र प्लेअफको सम्भावनालाई जोगाइराख्न आजको खेल उसकै लागि ‘कर या मर’ जस्तै छ।
दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्स आमनेसामने हुँदैछन्। तीन खेलबाट २ अंक मात्र जोडेको कर्णालीका लागि प्लेअफमा पुग्ने सपना जस्तै टिकाउन आजको खेल जित्नैपर्ने बाध्यता छ।
अंक तालिकाको दोस्रो स्थानमा रहेको विराटनगर किङ्स भने ६ अंकका साथ आत्मविश्वासमा छ। आजको खेलमा जित हात पारे विराटनगरको प्लेअफ यात्रा झनै सहज बन्नेछ।










