काठमाडौं, मंसिर ११ । आज सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सुधार हुँदै बन्द भएको छ। साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजार बढेर बन्द भएको हो।
आज सेयर बजार १० अंकले बढेर बन्द भएको हो। यसअघि मंगलबार ९ अंकले बढेको थियो। लगातार बजार बढेसँगै आज २६७८ अंकमा पुगेको छ। अघिल्लो दिनको तुलनामा आज कारोबार रकम भने घटेकाे छ।
बुधबार ६ अर्ब ६९ करोड मूल्य बराबरको सेयर कारोबार हुँदा आज ६ अर्ब ६६ करोड मूल्यको सेयर किनबेच भएको छ।आज कूल १३१ कम्पनीको सेयर मूल्य बढ्दा १२१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। यस्तै, ६ कम्पनीको मूल्य स्थिर रहेकाे छ।
आज सागर डिस्टिलरी लिमिटेड (सागर), स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड (स्वस्तिक), झापा इनर्जी लिमिटेड (झापा), श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेड (सेल) र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड (एनआरएन) कम्पनीको मूल्यमा सर्किट लागेको छ।











