मंगलबार शेयर बजार राताम्मे

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २८ । मंगलबार सेयर बजारको परिसूचक नेप्से १९ अंक गिरावट आएको छ। गिरावटसँगै नेप्से २५२८ विन्दुमा पुगेर रोकिएको छ।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन झण्डै पाँच अर्बको कारोबार भएकोमा आज ३ अर्ब ३६ करोडको मात्रै सेयर कारोबार भएको हो। आज ३३ कम्पनीको मूल्य बढ्दा २१४ को घट्यो। पाँच कम्पनीको मूल्य स्थिर रह्यो।

आज शुभम् पावर र ग्रामीण विकास बैंकको मूल्य १० प्रतिशत बढ्यो। यसको विपरीत समाज लघुवित्तको मूल्य १० प्रतिशत घटेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्