काठमाण्डौं, २६ असोज । सुन आज प्रतितोला तीन हजार रुपैयाँले बढेको छ । आज प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी आज तोलामा ४० रुपैयाँले बढेर तोलाको तीन हजार एक सय २५ रुपैयाँ पुगेको छ । चाँदीको भाउ अहिलेसम्मकै उच्च हो । गत शुक्रवार चाँदीको भाउ तोलाको तीन हजार ८५ रुपैयाँ थियो ।











