नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट, चाँदीको मूल्य ऐतिहासिक उच्चमा

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज २४ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, शुक्रबार छापावाल सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले घटेर २ लाख ३५ हजार रुपैयाँमा झरेको छ।

यसअघि बिहीबार छापावाल सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ कायम गरिएको थियो।

सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा भने वृद्धि देखिएको छ। बिहीबार तोलामा ३ हजार २५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार बढेर ३ हजार ८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

महासंघका अनुसार, शुक्रबारको चाँदीको मूल्य हालसम्मकै उच्च विन्दु हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्