सगरमाथा पदमार्गमा पहिरो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असोज १९ । सगरमाथा क्षेत्रको पदमार्ग पहिरोका कारण क्षतिग्रस्त भएको छ। पहिरोले नाम्चे र जोरसल्ले बीचको खण्डमा बाटो अवरुद्ध भएको हाे।

नेपाल ट्रेकिङ एजेन्सिज् एसोसिएसन (टान) ले सोही कारणले उक्त खण्डमा यात्रा गर्ने सम्पूर्ण पदयात्रीहरूलाई अत्यन्त सावधानी अपनाउन र सुरक्षालाई प्राथमिकता दिँदै वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

टानका अनुसार मुख्य पदमार्ग अवरुद्ध भएकाले पदयात्रीहरूले मूल बाटोभन्दा २/३०० मिटर माथि रहेको खच्चर हिंड्ने वैकल्पिक बाटो प्रयोग गर्न सक्छन्।

संघले सबै ट्रेकिङ एजेन्सीहरू, गाइड तथा पदयात्रीहरूलाई यात्रा गर्नुअघि आवश्यक तयारी र सुरक्षाको प्रबन्ध मिलाउन पनि अनुरोध गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्