काठमाडौं । लगातार दुई दिनसम्म वृद्धि देखाएको नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० आज पुनः ओरालो लागेको छ। नेप्से परिसूचक आज २७.८९ अङ्कले घट्दै २,६५४.५ विन्दुमा झरेको छ।
आजको कारोबारमा होटल तथा म्युचुअल फन्ड समूह बाहेक सबै उपसमूहहरूको सूचक ओरालो लागेको छ। तीमध्ये अन्य समूहको सूचक २।१६ प्रतिशतले सबैभन्दा धेरै घटेको हो।
नेप्सेमा सूचकसँगै धेरै कम्पनीको शेयर मूल्य पनि घटेको छ । आज सबैभन्दा बढी गिरावट उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयरमा देखिएको छ, जसको मूल्य ५।३८५ ले घटेको हो।
बजार समग्रमा ओरालो लागे पनि निम्न तीन कम्पनीका शेयर मूल्य भने १०५ ले वृद्धि भएका छन् ।
आजको कारोबार रकममा उल्लेख्य गिरावट आएको छ।
हिजो ५ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ४ अर्ब १२ करोड रुपैयाँको कारोबार भएको छ
आज ३१७ कम्पनीका ९४ लाख ८ हजार कित्ता शेयर किनबेच भएका छन्।











