आज सुन तोलाको २ लाख २३ हजार रुपैयाँ पुग्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ८ असोज । आज सुनचाँदीको भाउले नयाँ किर्तिमान बनाएको छ । छ । सुनको भाउ आज तोलामा १ हजार ३ सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार सुनको भाउ तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार सात सय रुपैयाँ पुगेको छ । मंगलबारचाँदीको भाउ तोलाको दुई हजार छ सय ८० रुपैयाँ थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्