काठमाण्डौं, ७ असोज । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज सुन तीन हजार नौ सय रुपैयाँले बढेर तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको दुई लाख १७ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यस्तै, आज चाँदीको भाउमा पनि कीर्तिमान कायम भएको छ । चाँदीको भाउ आज ३० रुपैयाँले बढेर तोलाको दुई हजार छ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ५० रुपैयाँ थियो ।











