आज सुनको मुल्य १ हजार १ सय रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, ५ असोज । आज सुनको मुल्य तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । एक हजार एक सय रुपैयाँ बढेर तोलाको दुई लाख १७ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत क्रवार सुन तोलाको दुई लाख १६ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेर तोलाको दुई हजार छ सय २० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी तोलाको दुई हजार पाँच सय ८० रुपैयाँ थियो ।

अन्तिम अपडेटस् असोज ५, २०८२

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्