काठमाण्डौं, ५ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ।
यस्तै, युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ८७ पैसा र बिक्रीदर १०२ रुपैयाँ ३१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ९८ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ५० पैसा र बिक्रीदर नौ रुपैयाँ ५४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १९ रुपैयाँ ८५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७ रुपैयाँ ६६ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७५ पैसा कायम भएको छ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाएको छ।











