काठमाडौँ, ३० भाद्र । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ । सुन आज एक सय रुपैयाँले बढेर तोलको २ लाख १५ हजार २ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सोही सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मुल्य आज ५ रुपैयाँले बढेर आज २ हजार ५ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











