आज सुनको भाउ चार सय रुपैयाँले घट्यो

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ भाद्र । नेपाली बजारमा लगातार बढिर नयाँ कीर्तिमानी बनाएको सुनको भाउ आज (सोमबार) घटेको छ।

आज सुन तोलामा ४ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ११ हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो भने सुन प्रतितोला २ लाख १२ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदी तोलामा २५ रुपैयाँले घटेको छ। चाँदी प्रतितोला २ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्