काठमाण्डौं, २२ भाद्र । सुनचाँदीको भाउमा आज (आइतबार) हालसम्मकै उच्च भएको छ । सुनको भाउ आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ । १ हजार ६ सय रुपैयाँले बढेर तोलाको दुई लाख १२ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गत शुक्रवार एकैदिन तोलामा दुई हजार पाँच सय रुपैयाँ बढेर सुन तोलाको दुई लाख १० हजार चार सय रुपैयाँ पुगेको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि अहिलेसम्मकै उच्च भएको छ । चाँदी आज तोलामा १० रुपैयाँ बढेर तोलाको दुई हजार पाँच सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । गएको शुक्रवार भने चाँदी तोलाको दुई हजार चार सय ९० रुपैयाँ थियो ।











