सुनको मुल्यमा नयाँ कीर्तिमानः तोलाको २ लाख ७ हजार ९ सय रुपैयाँ

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १८ भाद्र । सुनको मुल्य बुधबार हाल सम्मकै उच्च भएको छ । सुनको मुल्य आज तोलामा २ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज दुई हजार रुपैयाँले बढेको छ ।

हिजो सुनको मुल्य तोलाको दुई लाख पाँच हजार नौ सय रुपैयाँ थियो ।

चाँदीको मुल्य आज घटेको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले घटेर तोलाको दुई हजार चार सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको दुई हजार चार सय ८५ रुपैयाँ पुगेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्