सभापति न्यौपानेले लिइन पद तथा गोपनीयताको शपथ

खबर बुक
  • ख-
  • ख+

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदमा ईश्वरीदेवी न्यौपाने निर्विरोध चयन हुनुभएको छ ।

सिंहदरबारमा बुधबार बसेको समिति बैठकले कांग्रेस सांसद न्यौपानेलाई सभापति पदमा निर्विरोध चयन गरेको हो । यसअघिका सभापति कांग्रेसका रामहरि खतिवडाले राजीनामा दिनुभएपछि रिक्त सभापति पदमा न्यौपानेको मात्र उम्मेदवारी परेको थियो ।

बैठकमा समिति सदस्य रामहरि खतिवडाले राख्नुभएको न्यौपानेलाई सभापति निर्वाचित गरियोस् भन्ने प्रस्तावलाई नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले समर्थन जनाएका थिए ।

यस्तै नवनिर्वाचित सभापति न्यौपानेले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन । सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति न्यौपानेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन । सपथपछि सञ्चारकर्मीसंग कुरा गर्दै सभापति न्यौपानेले समितिमा रहेका विधेयकहरुलाई गम्भीर रुपमा अध्ययन गरि अघि बढाउन प्रयास गर्ने बताईन । उनले समितिमा रहेका प्रहरी र सशस्त्र प्रहरी विधेयकलाई संसदको चालू अधिवेशनमा नै पेश गर्नका लागि छलफल गर्ने उल्लेख गरिन ।

पद तथा गोपनीयताको शपथपछि सभापति न्यौपानेले बुधबार नै कार्यभार सम्हालेकी छन । कांग्रेसको मङ्गलबार बसेको पदाधिकारी बैठकले समितिको सभापति उम्मेदवार बनाउने निर्णय गरेपछि न्यौपानेले संसदीय सुनुवाई समितिको सभापति पदबाट राजीनामा दिएर राज्य व्यवस्था समितिको सभापतिमा मनोनयन दर्ता गराएकी थिन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्