नेप्से परिसूचक ६.५१ अंकले बढेर २७७७ अंकमा पुगेको छ। अघिल्लो दिन बजार ९ अंकले उकालो लागेको थियो, र आज पनि सोही लय कायम रहँदा लगानीकर्तामा उत्साह देखिएको छ।
कारोबार अवधिमा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुग्यो, जुन आजकै उच्च बिन्दु हो।
यद्यपि, कारोबार रकम भने घटेको छ।
अघिल्लो दिन ६ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको थियो, जुन आज घटेर ५ अर्ब ६३ करोडमा सीमित भएको छ।
समूहगत रूपमा सबै सूचक सकारात्मक रहे।
बैंकिङ, हाइड्रोपावर, माइक्रोफाइनान्सदेखि बीमा र होटल–पर्यटनसम्मका सबै १३ वटै सूचक हरियो देखिए। तर सबै समूहको वृद्धिदर १ प्रतिशतभन्दा कम नै रह्यो।
उल्लेखनीय रूपमा मूल्य बढेका कम्पनीहरूमा सान्भी इनर्जी शीर्ष स्थानमा रह्यो, जसको मूल्य ६ दशमलव ९८ प्रतिशतले बढ्यो।
त्यसपछि पियोर इनर्जी, इस्टर्न हाइड्रोपावर, सिटी होटल, बुटवल पावर र उन्नति सहकार्य लघुवित्तले पनि राम्रो प्रदर्शन गरे।
नारायणी डेभलपमेन्ट बैंक सबैभन्दा धेरै घट्ने कम्पनी रह्यो, जसको मूल्य ६ दशमलव १४ प्रतिशतले घट्यो।
युनाइटेड मोदी हाइड्रो र युनियन हाइड्रोपावरको मूल्य पनि उल्लेखनीय रूपले घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी अगाडि रहे।












