काठमाडौं, भदौ १ । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा भारी गिरावट आएको छ।
आइतबार सेयर बजार परिसूचक २७ अंकले गिरावट हुँदा २७६१ को विन्दुमा झरेको हो। सेयर बजारमा भारी गिरावट हुँदा कारोबार रकम ७ अर्ब ७३ करोड मूल्य बराबरको मात्रै भएको छ।
सेयर बजारमा आज जम्मा ५८ कम्पनीको सेयर मूल्य बढेको छ। यसको विपरीत १९१ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज आरबीबी म्याचुअल फण्ड १ को ८ प्रतिशतले बढेको छ। यस्तै, माथिल्लो स्याङ्गे जलविद्युत लिमिटेडको सेयर ६ प्रतिशतले बढेको छ। आज सबैभन्दा बढी सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ७ प्रतिशतले लगानी गुमाएका छन्।
आज सबैभन्दा बढी नेपाल रिइन्स्युरेन्स कम्पनी लिमिटेडको सेयर साढे ५१ करोड मूल्य बराबरको कारोबार भएको छ। यस्तै, हिमालयन रिइन्स्युरेन्सको साढे ३५ करोडको कारोबार भएको छ।











