सुनको भाउमा नयाँ कीर्तिमान , कतिमा हुँदैछ कारोबार ?

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाडौं, २३ साउन। शुक्रबार सुनको मूल्य बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।   


यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी २ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्