काठमाडौँ, १७ साउन । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ । बैठकमा आज (शनिबार) प्रचण्डको प्रस्तावमाथि नेताहरूले धारणा राख्ने छन् ।
बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए। हरेक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको छ ।
शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले नेताहरू कम्युनिष्ट पार्टीको सिद्धान्तअनुसार नचलेको भन्दै असन्तुष्टि जनाएका थिए। उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा नेतृत्वमाथि आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले शर्मालाई महाधिवेशनमार्फत नेतृत्व फेर्न चुनौती समेत दिएका छन्।
सापकोटाका अनुसार यो क्रम आइतबारसम्म चल्ने छ।











