विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य हुँदैन -रञ्जिता श्रेष्ठ

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, साउन १५ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताउनुभएको छ ।

बिहीबार सिंहदरबारमा कृषि समितिको बैठकमा सहभागी भइ निस्कने क्रममा श्रेष्ठले राष्ट्रिय भेला बोलाउने अधिकार अध्यक्षलाई मात्रै रहेको भन्दै विधानविपरीत बसेको पार्टीको राष्ट्रिय भेलाको निर्णय मान्य नहुने बताउनुभएको हो । पार्टीको विधानअनुसार आफुले कुनै पनि बैठक नै आह्वान नगरेको उहाले बताउनुभयो । अहिले पनि आफु पार्टीको अध्यक्षमा कायमै रहेको उहाको भनाइ छ ।

श्रेष्ठले आफु निरन्तर काममा हिडिरहेको भन्दै पार्टीको विवादका बारेमा केहि थाहा नभएको र कुनै भेला नबोलाएको जिकिर गर्नुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्