मुलुकको आर्थिक परिवर्तनका लागि सबै मिलेर काम गर्नु पर्छः शंकर पोखरेल

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १५ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सवै मिलेर मुलुकको आर्थिक परिवर्तनका लागि काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित १ महिने वृहत् रक्तदान अभियानको शुभारम्भ तथा खिर खाने कार्यक्रमलाई बिहीबार भृकुटीमण्डपमा सम्बोधन गर्दै महासचिव पोखरेलले राजनीतिक परिवर्तनको लागि काम सम्पन्न भइसकेको भन्दै अब आर्थिक परिवर्तनको लागि काम गर्नुपर्नेमा जोड दिए ।

कृषिलाई रूपान्तरण गर्न नसकिए देशको विकास हुन नसक्ने भन्दै उहाले नयाँ पुस्तालाई कृषिमा जोड्नु पर्ने बताउनुभयो । महासचिव पोखरेलले पछिल्लो नयाँ पुस्ता कृषिमा नजोडिँदा देश समस्यामा परेको बताए । उनले समयमा नै बर्षा नहुदा तराई क्षेत्रका किसानहरु मर्कामा परेकाले सरकारले किसानहरुलाई सहयोग गर्ने नीति अवलम्वन गरेको जिकिर गरे ।

उहाले अब नयाँ पुस्तालाई कृषिमा जोड्ने कुरा युवा आन्दोलनको साझा विषय बन्नुपर्नेमा जोड दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्