बागमती कांग्रेस संसदीय दलको नेतामा बानियाँ बिजयी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १४ साउन । नेपाली कांग्रेस बागमती संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित भएका छन् ।

हेटौडामा आज भएको मतदानवाट भारी मतसहित बानियाँ दलका नेतामा चुनिएका हुन् ।

जस अनुसार मकवानपुरवाट प्रतिनिधित्व गर्ने प्रदेश सांस बानियाले २२ सांसदको मतसहित विजयी हुदाँ मुख्यमन्त्री बहादुर सिंह लामा भने १४ मा सिमित भए। लामा पक्षका एक जना सांसदको मत बदर हुन पुगेको छ । बागमतीमा कांग्रेसका कुल ३७ सांसद छन् ।

मुख्यमन्त्री बहादुर सिंह लामाले दलको नेताको हैसियत गुमाएसँगै आज भएको निर्वाचन गरिएको थियो । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्