नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै

खबर बुक
  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठक आज बस्दैछ। बैठक पार्टी सभापति शेरबहादुर देउवाको बूढानीलकण्ठस्थित निवासमा बिहान ९ बजेका लागि बोलाइएको हो।

बैठकबारे जानकारी दिँदै पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक अवस्था, पार्टीको आन्तरिक रणनीति तथा आगामी कार्ययोजनाबारे विस्तृत छलफल हुने बताए।

हालैको राजनीतिक घटनाक्रम, संसद्को गतिविधि, गठबन्धनको आगामी दिशा, तथा पार्टीभित्रको सांगठनिक सुदृढीकरणजस्ता विषयमा बैठकमा प्रमुख रूपमा चर्चा हुने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्