काठमाडौँ, ७ साउन । नायवमहान्यायाधिवक्ता डा टेकबहादुर घिमिरेले राजिनामा दिएका छन् ।
अवकाश अघि नै पदबाट घिमिरेले राजीनामा दिए पछि मन्त्रिपरिषद् बैठकले उनको राजीनामा स्वीकृत गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
डा घिमिरेले साउन २ देखि लागू हुने गरी स्वैच्छिक अवकाशसहित राजिनामा दिएका थिए ।











