काठमाडौँ ।आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य १५ रुपैयाँ वृद्धि भएको हो ।
जसअनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य २ हजार २ सय ८० रुपैयाँ कायम भएको छ ।
यसअघि बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार ३०० र चाँदीको २ हजार २६५ रुपैयाँ कायम भएको थियो ।











