काठमाण्डौं, १ साउन । आज (बिहिबार) सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि पाँच रुपैयाँले बढेर तोलाको दुई हजार दुई सय ६५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।











