काठमाडौं, १ साउन । सिटिजन बैंकका कार्यकारी निर्देशक प्रवलजंग पाण्डेले नयाँ आर्थिक वर्ष २०८२र८३ प्रति गहिरो आशावाद व्यक्त गरेका छन्। अघिल्लो वर्षको तुलनामा आर्थिक सूचकहरू सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै उनले यस वर्ष अर्थतन्त्रले थप पुनरुत्थान गर्ने विश्वास व्यक्त गरे।
उनका अनुसार अघिल्लो आर्थिक वर्षमै अर्थतन्त्र स्थिरतातर्फ फर्किने संकेत देखिएको थियो। सोही क्रमलाई निरन्तरता दिँदै अहिले आर्थिक वृद्धिदर, राजस्व संकलन, आयात(निर्यात वृद्धि, रेमिट्यान्सको उच्च मात्रा तथा बैंकिङ प्रणालीमा तरलताको सहजताले समग्र आर्थिक वातावरणमा सुधार ल्याएको छ। अर्थतन्त्रको आकार ५७ खर्बबाट ६१ खर्बमा पुगेको छ,ू पाण्डेले भने, ूयो आफैंमा सकारात्मक संकेत हो।ू
उनले आगामी वर्षका लागि पर्यटन,ऊर्जा ,पूर्वाधार,उद्योग,हवाई सेवालाई रणनीतिक प्राथमिकताहरूमा औँल्याएका छन ।
उनले थपे, ूमौद्रिक नीति खुकुलो हुँदै गएको छ, बैंकको ब्याजदर घट्दो छ, र तरलता प्रशस्त छ। यो आर्थिक वर्ष सहज र सम्भावनायुक्त हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।ू
नयाँ आर्थिक वर्षको शुभकामना दिँदै पाण्डेले सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट योगदान गर्न आह्वान गरे।
ूसकारात्मक सोच, सशक्त कार्यान्वयन र समन्वय भए विकास र समृद्धि सम्भव छ,ू उनले भने।











