संसदीय सुनवाइ समितिवाट तीन जनाको नाम अनुमोदन

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, २३ असार । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायधिससहित तीन जनाको नाम अनुमोदन गरेको छ । 

आज बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, शान्तिसिंह थापा र श्रीकान्त पौडेल तथा न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपालको अनुमोदन गरेको हो ।

सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन भएका थापा र पौडेल उच्च अदालतका मुख्य न्यायाधीशको जिम्मेवारीमा रहेका थिए भने पोखरेल वरिष्ठ अधिवक्ताको रूपमा रहेका थिए ।

सभापति इश्वरी न्यौपानेले अब न्यायाधीश सिफारिस गर्दा समावेशिताका आधारमा सिफारिस गर्नमा जोड दिएकी छिन् । बैठकमा उपस्थित भएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासियालाई समावेशी र समानुपातिक आधारमा सिफारिस गर्न पनि उनले निर्देशन दिएकी छिन ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्