आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार छु -माधव नेपाल

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, असार २० । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफुले भ्रष्टाचार गरेको कसैले तथ्य प्रमाण दिए जस्तोसुकै बलिदान गर्न पनि तयार रहेको बताउनुभएको छ ।

शुक्रबार पार्टी कार्यालय आलोकनगरमा पार्टी निकट विद्यार्थी जिल्ला कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आफुले कहिलेपनि भ्रष्टाचार नगरेको भन्दै कसैले आफुबिरुद्ध तथ्यप्रमाण दिए जस्तोसुकै बलिदान गर्न तयार रहेको बताउनुभएको हो । आफुले सदैव विधि प्रक्रियाका आधारमा नै काम गर्ने गरेको उहाले बताउनुभयो ।

अध्यक्ष नेपालले मूल कम्युनिष्ट पार्टी भनिएको नेकपा एमाले अहिले संकटग्रस्त अवस्थामा रहेको टिप्पणी गर्नुभयो । एमालेभित्र देखिएको अन्तरसंघर्षले सो पार्टीको भविष्यमाथि नै प्रश्न उठ्ने देखिएको उहाको भनाइ छ ।अध्यक्ष नेपालले अरुको कुभलो चिताउने, अनुचित काम गर्ने, व्यक्तिवादको प्रवृत्तिको शिकार हुने र दक्षिणपन्थी अवसरवादमा चुर्लुम्म डुब्ने प्रवृत्तिलाई परास्त गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै अध्यक्ष नेपालले वर्तमान सरकारले जनताको विश्वास जित्न नसकेको र परिणाम समेत दिन नसकेको बताउनुभयो । वर्तमान सरकार जनविरोधी रहेकाले सरकारले पतन अनिवार्य रहेको उहाको भनाइ छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्