संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ। बाराको सुवर्ण गाउँपालिका–२ कवहीजगात गाउँ घर भएका यादवको ७२ वर्षको उमेरमा वीरगन्जस्थित हेल्थकेयर अस्पतालमा उपचारका क्रममा बुधबार निधन भएको छोरा डाक्टर जितेन्द्र यादवले जानकारी दिए।
यादव मधुमेह रोगबाट लामो समयदेखि पीडित थिए। उनी २०७० सालको दोस्रो संविधानसभाका लागि बारा निर्वाचन क्षेत्र नम्बर १ बाट कांग्रेसबाट निर्वाचित भएका थिए।
उनी कांग्रेसका पूर्व जिल्ला सचिव तथा महासमिति सदस्य हुन्।












