काठमाडौं। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सामान्य अंकले वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन पनि सेयर बजार बढेको थियो।आज सेयर बजार ९ अंकले वृद्धि हुँदै २६३१ विन्दुमा पुगेर रोकिएको हो। यसअघि आइतबार सेयर बजार २६ अंकले बढ्दै २६२२ विन्दुमा कायम भएको थियो।
सेयर बजार बढे पनि आज कारोबार रकममा गिरावट आएको छ। आइतबार ७ अर्ब बराबरको सेयर कारोबार भएकोमा आज ६ अर्बको मात्रै सेयर कारोबार भएको हो।कारोबारका आधारमा आज १४५ कम्पनीको सेयर मूल्य बढेको छ। यस्तै, १३० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ।
आज तीन कम्पनीको सेयर मूल्यले सकारात्मक सर्किट लागेको छ। जसमा राप्ति हाइड्रो तथा जनरल कन्सक्ट्रन लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड कम्पनीको सेयर मूल्यमा सर्किट लागेको हो।











