सरकारले आजदेखि २० वर्षे वृक्षरोपण महाअभियान शुरु गर्दै

खबर बुक
  • ख-
  • ख+

काठमाण्डौं, १४ असार । सरकारले आजदेखि २० वर्षे वृक्षरोपण महाअभियान शुरु गर्दैछ । ‘सगरमाथा वृक्षरोपण महाअभियान’ घोषणा गरेको सरकारले सन् २०४५ सम्म यो अभियानलाई निरन्तरता दिने भएको छ ।

अन्तर्राष्ट्रिय वृक्षरोपण दिवसको अवसर पारेर आजदेखि २० वर्षे महाअभियानको शुरुआत गर्न लागिएको वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिनुभयो ।

ललितपुरको गोदावरीस्थित जिल्ला वन कार्यालय परिसरमा वृक्षरोपण महाअभियानको उद्घाटन गरिदै छ ।

महाअभियानका क्रममा नेपालको पूर्ण जनसङ्ख्या अनुसार एक व्यक्ति एक बिरुवा पर्ने गरी हरेक वर्ष तीन करोड बिरुवा २० वर्षसम्म निरन्तर रोपण गरिने वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले जानकारी दिए ।

असार १४ देखि साउन १५ सम्म एक महिना उपयुक्त जग्गामा वृक्षरोपण गरिनेछ । त्यसअनुसार २० वर्षसम्म ६० करोड बिरुवा रोपिनेछ ।

जडीबुटी र फलफूलजन्य बिरुवा रोपिनेछ । रोपिएका हरेक बिरुवामा नागरिकको स्वामित्व र संरक्षण हुने गरी कार्यक्रम सञ्चालन गर्ने उद्देश्य छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्