उपनिर्वाचन गर्ने तयारीमा आयोग, छुट भएकालाई नामावलीमा नाम दर्ता गराउन आग्रह

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, १२ असार । निर्वाचन आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको छ । उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता नगराएकाहरूलाई गराउन आग्रह गरेको छ।

निर्वाचनको मिति तोकिसकेपछि मतदाता नामावलीमा नाम दर्ता गर्न नपाउने भएकाले उपनिर्वाचन हुने क्षेत्रमा नाम दर्ता छिटो गराउन आग्रह गरेको हो।

२०७९ मा सम्पन्न भएको विभिन्न तहका निर्वाचन पश्चात् विभिन्न कारणले केही पदहरू रिक्त भएका क्षेत्रमा निकट भविष्यमा उपनिर्वाचन गर्ने गरी निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले बताए ।

निर्वाचन आयोगले कात्तिकको दोस्रो साता उपनिर्वाचन गर्ने गरी प्रधानमन्त्री केपी ओलीसँग यसअघि नै छलफल गरिसकेको छ। प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं। ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ ९२० को रिक्त सदस्यको उपचुनावको लागि आयोगले मिति तोक्दै छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्