आज सुनको भाउ ३०० रुपैयाँले बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, १२ असार । आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ । तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ तोलाको एक लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै आज चाँदीको भाउ पनि सामान्य बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर तोलाको दुई हजार एक सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार एक सय ४० रुपैयाँ रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्