आजको विनिमयदर, युरो र पाउण्ड स्टर्लिङको भाउ बढ्यो

खबर बुक
  • ख-
  • ख
  • ख+

काठमाण्डौं, १२ असार । नेपाल राष्ट्र बैंकले आज निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार आज युरो र पाउण्ड स्टर्लिङको मूल्य बढेको छ ।

आज युरोपियन युरो एकको खरिददर १५९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १६० रूपैयाँ १८ पैसा छ । यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८७ रूपैयाँ र बिक्रीदर १८७ रूपैयाँ ८२ पैसा छ ।

आज अमेरिकी डलर एकको खरिदर १३७ रूपैयाँ ४३ पौि र बिक्रीदर १३८ रूपैयाँ ३ पैसा छ । स्विस फ्र्यांकको पनि मूल्य बढेको छ । स्वीस फ्र्यांक एकको खरिददर आज १७० रूपैयाँ ३६ पैसा र बिक्रीदर १७१ रूपैयाँ १० पैसा छ ।

अष्ट्रेलियन डलरको मूल्य भने आज घटेको छ । आज अष्ट्रेलियन डलर एकको खरिददर ८९ रूपैयाँ २७ पैसा र बिक्रीदर ८९ रूपैयाँ ६६ पैसा छ ।
आज क्यानेडियन डलर एकको खरिददर १०० रूपैयाँ ०७ पैसा र बिक्रीदर १०० रूपैयाँ ५१ पैसा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्