काठमाडौं, असार ९ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य वृद्धि भएको छ। साताको पहिलो कारोबार दिन आइतबार ३३ अंकले गिरावट भए पनि आज ५ अंकले बढेको हो। योसँगै आज सेयर बजार २६०० विन्दुमा पुगेको हो।यता, सेयर बजारको कारोबार रकममा भारी गिरावट आएको छ। आइतबार ९ अर्ब १४ करोड मूल्य बराबरको सेयर किनबेच हुँदा आज जम्मा साढे ६ अर्ब मात्रै कारोबार भएको छ।
आज कारोबारका आधारमा १२३ कम्पनीको सेयर मूल्य बढ्दा हुँदा १२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको हो। यस्तै, एक कम्पनीको मूल्य स्थिर रहेको छ। रादी विद्युत कम्पनी लिमिटेड कम्पनीको सेयर सबैभन्दा बढी कारोबार भएको छ।
कारोबारका आधारमा जोशी हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेड र पञ्चकन्या माई हाइड्रोपावर लिमिटेड कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ।
यस्तै, आज गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्यमा नकारात्मक सर्किट लागेको छ।











