काठमाडौं, ९ असार । नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारकै भाउमा सुन कारोबार भइरहेको छ।
सोमबार सुनको भाउ तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम भएको छ ।
यस्तै चाँदीको भाउ भने आइतबारको तुलनामा १० रुपैयाँले बढेको छ । आइतबार तोलामा दुई हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी दुई हजार १७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











