सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताको बैठक जारी

खबर बुक
  • ख-
  • ख+

काठमाडौं, ६ असार । प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक सुरू भएको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव बर्षमान पुन र नेता खिमलाल देवकोटा रहेका छन् ।

संङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न शिर्ष नेताहरू जम्मा भएका हुन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि khabarbook.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्